बिआरआई समाजवादी चीनको साम्राज्यवादी नीति हो ?

बिआरआई समाजवादी चीनको साम्राज्यवादी नीति हो ?

देङ् सियाओपिङले निर्धक्कसाथ बिरालोको रङ्ग हेर्ने होइन, त्यसले मुसा मार्ने क्षमता राख्छ वा राख्दैन ? त्यो हेरिनुपर्ने जिकिर गरेपछि विश्व राजनीतिमा एउटा तर¨ पैदा भएको थियो । त्यसपछि नै हो कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले विकासमा बुर्कुच्ची मार्न थालेको । र, देङको बिरालो चिन्ने त्यो ल्याकत अहिलेको पार्टी नेतृत्व र त्यसप्रति बफादार कार्यकर्तामा देखिन्छ । त्यस भनाइको व्यावहारिक गुह्य अर्थ के रहेछ भन्ने कुरा राष्ट्रपति सि जिनपिङको नेतृत्वमा चिनियाँ जनताले हासिल गरेको आर्थिक समृद्धिबाट झल्किन्छ । र, चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ्स (बिआरआर्ई) ले सो भनाइलाई एउटा उचाइमा लैजाने तरखर गरेको बुझिन्छ । कसै–कसैले बिआरआईलाई समाजवादी चीनको नयाँ साम्राज्यवादी नीतिको रूपमा पनि व्याख्या गर्न खोजेका छन् । विशेषगरी सोभियत संघको पतनपछि एउटै शक्तिकेन्द्रको रूपमा रहेको अमेरिकालाई औंला ठड्याउँदै राष्ट्रपति सिले (गभर्नान्स अफ चाइना पार्ट टु : ४३) स्पष्ट शब्दमा भन्ने गरेका छन्, ‘चीन शीतयुद्ध र शून्य विपक्षी खेलको पक्षमा छैन ।’

अहिले हतियारबाहेक अन्य खाले व्यापारको क्षेत्रमा अमेरिकालाई चीनले टक्कर दिइरहेको अवस्था छ । कम्युनिष्ट पार्टी, यसको नेतृत्व र क्याडरहरूसँग के जादु थियो, जसले अफिमको नशामा लठ्ठिएको चीनलाई समृद्धिको यो उचाइमा ल्यायो ? यसका धेरै रहस्य होलान् । एउटा अनुसन्धाता र लेखक हुनुका नाताले आर्थिक राजधानी सांघार्ईको २१ दिने घुमाइ बुझाइमा कम्युनिष्ट पार्टी र महासचिव सि जिनपिङको नेतृत्वमा आर्थिक समृद्धिसम्बन्धी नीतिका केही पक्षबारे बुझ्न सहज भएको छ । समाजवादी चीनको साम्राज्यवादी बन्ने नयाँ नीतिको रूपमा विकासोन्मुख मुलुक बिआरआर्ईलाई व्याख्या गर्नु गम्भीर भूल हुनेछ । किनभने बिआरआईभित्र शान्ति, विकास र सबैलाई जितको सहकार्य समेटिएको छ । ऐतिहासिक रेशम मार्गको परिष्कृत रूपमा आएको बिआरआईलाई विकासोन्मुख देशमा आर्थिक समृद्धि ल्याउने एक सहायक विकल्पको रूपमा लिन सकिन्छ ।

चीनले काम नलाग्ने नियम खारेज गर्ने, फेरबदल गर्ने र लगानीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गर्दै आएको देखिन्छ । सन् १९७८ को दशकदेखि यता आएर मात्रै हजारभन्दा बढी कानुन बदलिएका छन् ।  

शान्ति सबैको प्रमुख चाहना र प्राथमिकता हो । शान्ति बहालीका लागि पहिलो कदम हतियारको दम्भ त्याग गर्नु हो । यो कामको नेतृत्व व्यावहारिक रूपमा चीनले गरेको देखिन्छ । चीनको आर्थिक विकासमा हतियार बिक्रीबाट भएको योगदानको गणना गरी यस कुरालाई आकलन गर्न सकिन्छ । त्यसैगरी, विभिन्न किसिमका द्वन्द्व र युद्धमा चीनले ‘पक्षधरता’लाई प्रश्रय नदिई शान्तिको पक्षमा वकालत गरेको पनि पाइन्छ । रुस र युक्रेन युद्धमा देखाएको सुझबुझ, शान्तिको निम्ति दबाब सिर्जना गर्ने नीति, खाडी मुलुकबीच आपसी समझदारी र सम्बन्ध सुधारका निम्ति खेल्दै गरेको भूमिकाले चीनको विश्वशान्तिप्रतिको प्रतिबद्धतालाई छर्लंग बनाएको छ । त्यसैगरी उसले ताइवान मामिलामा अपनाएको संयमता, मकाओ र हङकङमा देखाएको ‘वन कन्ट्री टु सिस्टम्स्’ नीति शान्तिका निम्ति समाजवादी चीनका नयाँ सूत्र हुन् । शान्तिको निम्ति यो बलिदान सबैखाले सिद्धान्त र विचारधाराभन्दा प्रभावकारी देखिन्छ । चीनको आर्थिक राजधानी सांघार्ईको भ्रमणमा ग्लोबल गेटवे (सांघार्ई अन्तर्राष्ट्रिय व्यापार केन्द्र) र टेक्नोलोजी एण्ड विज्डम लाइब्रेरी र आर्टिफिसियल इन्टेलिजेन्समार्फत् अपराध न्यूनीकरणका आधुनिक प्रविधिको विकास देखिए ।

तर, हतियार कारखाना देखिएनन्, भए पनि खुलेआम भेटिएन । हो, कतिपय बजारमा भने खेलौना हतियार देखिए । नक्कली हतियारले असली हतियारप्रति प्रेरित गरे पनि तुलनात्मक रूपमा घातक हुँदैन । आधुनिक प्रविधिको उच्चतम उपयोग भएका यस्ता प्रदर्शनी स्थलमा डुल्दा एउटा दुःख लाग्यो, विश्वका कैयौं देशले व्यापार प्रवद्र्धन गर्ने त्यस महत्वपूर्ण थलोमा नेपाली उत्पादन, देशको झण्डा र नाम भने थिएन । जबकि चीनविरुद्ध अमेरिका पक्षधर ताइवानको उत्पादनले निकै राम्रो व्यापार गरिरहेको देखिन्थ्यो । किन हामी अपार सम्पदाको धनी भएर पनि तन्नम बन्दै गइरहेका छौंं भन्ने अर्थ गम्न मन लाग्यो । र, चिनियाँँ अर्थतन्त्रलाई मजबुत बनाउनका लागि यो फ्रि ट्रेड जोनको निकै ठूलो हात छ भनेर जान्न पाउने अल्पज्ञानी भइयो । धेरै कुरा बुझ्न र पढ्न बाँँकी रहेछन् भन्ने लाग्यो । केही जानकारीका आधारमा के भन्न सकिन्छ भने विश्वव्यापारीकरणमार्फत चीन शान्ति विस्तार गर्दै साझा भविष्यको निर्माणमा अग्रसर छ । सांघार्ई कस्टम कलेजकी एशोसियट प्रोफेसर वाङ फेई भन्छिन्, ‘बिआरआर्ई साम्राज्यवादी नीति होइन, यो परस्पर हितमा आधारित शान्तिको पदमार्ग हो ।’ अहिले बिआरआर्ईमा सयभन्दा बढी मुलुक कुनै दबाबबिना सहभागी भएका छन् र यो संख्या अझ बढ्दो छ ।

बिआरआर्ईको अर्को महत्वपूर्ण पाटो हो विकास । चिनिया“ जादुमय विकासको धेरै पाटोमध्ये एक रहेछ ट्रायल एण्ड एरर इनिसिएटिभ । नयाँ कुराको परीक्षण गर्ने, उपयुक्त र फाइदाजनक भए लागू गर्ने, परीक्षणको नतिजा नकारात्मक देखिए त्यसलाई बन्द गर्ने । अर्को नयाँ अध्ययन र अनुसन्धान शुरु गर्ने । यो नीति राजनीति, औद्योगिक विकास, कृषि उत्पादन, वन तथा वातावरण सबै क्षेत्रमा कार्यान्वयन गरिएको देखिन्छ । चिनियाँँहरू विकासको लक्ष्य हासिल गर्न परीक्षण गरिरहेका छन् । त्यसबाट प्राप्त सकारात्मक नतिजालाई कार्यान्वयनमा ल्याउने र नकारात्मक नतिजालाई ज्ञानको रूपमा पुँजीकृत गर्दा रहेछन् । यो सिद्धान्तलाई ट्रायल एण्ड एरर इनिसियटिभ्स भनिँदोरहेछ । यस्ता ऐनकानुन जसले विकासलाई प्रभावित तुल्याउँथे ती सबै नीति, ऐन, कानुन यसै सिद्धान्तका आधारमा चीनले खारेज गर्ने, फेरबदल गर्ने र लगानीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गर्दै आएको देखिन्छ । सन् १९७८ को दशकदेखि यता आएर मात्रै हजारभन्दा बढी कानुन बदलिएका छन् ।

विकासमैत्री बनाइएका छन् । संसारका जताततै यस्तो प्रचलन देखिए पनि सिद्धान्तकै रूपमा व्यावहारिक कार्यान्वयन गर्ने अग्रस्थानमा चीन देखियो भन्न हिच्किचाहट छैन । चीनले अहिले आफूलाई किन विकासोन्मुख देशको श्रेणीमा परिभाषित गरेको रहेछ भन्ने बुझ्न ट्रायल एण्ड इनिसियटिभ्सको नीतिले सहयोग पुग्छ । तर, हामी भने गल्तीलाई सुधार गर्ने पक्षमा कहिल्यै भएनौँ । हाम्रो नेतृत्वको कमजोरी यसैमा देखियो, हाम्रो ब्युरोक्रेसीको लोलुपताले यस्ता अध्ययन अनुसन्धान शून्य छ । अनुसन्धान नगरी व्यावहारिक कार्यान्वयनमा नजाने चिनियाँँ तौरतरिका जादुमय विकासको एउटा रहस्य रहेछ ।

बिआरआईको अर्को महत्वपूर्ण पक्ष हो विन विनको सहकार्य । यसको व्यावहारिक कार्यान्वयन परीक्षणकै चरणमा छ । बिआरआर्ईमा सहभागी सबै पक्षले लाभ प्राप्त गर्ने, सबैले जित्ने कुरा सैद्धान्तिक रूपमा गलत देखिन्छ । जस्तो चीनसँग देखिने व्यापारको असन्तुलित अवस्था । बिआरआर्ईमा गाँसिएका धेरैजसो देशसँग चीनको व्यापार घाटा छ । यो व्यापार घाटालाई कसरी सन्तुलनमा ल्याउने भन्ने विषय निकै चुनौतीपूर्ण छ । घाटा हुँदाहुँदै पनि चिनियाँ राष्ट्रपति सिले अघि सारेको बिआरआर्ईका पक्षमा विकासोन्मुख देशहरू अग्रसर छन् भन्ने कुरा सांघार्ई कष्टम कलेजमा सहभागी अमेरिकी महादेशको पेरु, गुयाना, पानामा र कोस्टारिका, अफ्रिकी महादेशका इथियोपिया, क्यामरुरन, घाना, सियरालियोन र एशियाका नेपाल, बंगलादेश, श्रीलंका, उब्जेकिस्तान, इजिप्ट, अजरबैजान, जोर्डनका ४२ प्रतिनिधिको उपस्थितिले सावित गर्छ । ‘ट्रेड फेसिलिएसन’मा सहभागीहरु राष्ट्रपति सिले बिआरआईको सम्बन्धमा उद्धृत गर्ने एउटा पुरानो चिनियाँ भनाइको गहिरो अर्थ बुझेपछि भने आश्वस्त बने । त्यो थियो ‘पानी त्यही हो जहाँ एउटा जहाज तैरिन्छ पनि, डुब्छ पनि ।’ हो, चीनको बिआरआई सबै विकासोन्मुख देशलाई आर्थिक संकटबाट पार लगाउने प्रयासस्वरूप शुरु गरेको पानीजहाज हो । सबैले हातेमालो गर्ने हो भने सबै तैरिने सम्भावना प्रवल छ ।
 

टिप्पणीहरू