अवैध भारु बाेकेर नयाँ दिल्ली जान लागेका भारतीय विमानस्थलमा समातिए
काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका एक जना भारतीय नागरिकको साथबाट साढे ५ लाख भारतीय रुपैयाँ फेला परेको छ । दिउँसो इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५४ मा जान लागेका भारतीय नागरिक वरुणेश चन्द्र अवैध साढे ५ लाख रुपैयाँ बोकेर त्यता जान लागेका हुन् ।
पासपोर्ट नम्बर जेड ६२३१८३४ बोकेका बरुणलाई प्रस्थान कक्षको सुरक्षा चेकजाँच गर्ने क्रममा अवैध भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
वरुणेशमाथि आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइएको बुझिएको छ ।
टिप्पणीहरू