नेपालगञ्जको होटलमा दैलेखकी बालिका बलात्कृत

नेपालगञ्जको होटलमा दैलेखकी बालिका बलात्कृत

बाँकेमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा दैलेखको दुल्लु नगरपालिका-६ धामीगाउँका २३ वर्षीय सुरेश रावललाई प्रहरीले समातेको छ । 

रावलले ती किशोरीलाई गत बिहिबार घुमाउने बहानामा ललाई फकाई नेपालगञ्ज पुर्याएर पुष्पलाल चोकस्थित एक होटलमा लगी करणी गरेको प्रहरीको आरोप छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो बिहान नियन्त्रणमा लिएको हो । 

घन्टाका सम्बन्धमा थप जाँचबुझ भैरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू