टाटा मोटर्सको एक्सचेञ्ज क्याम्प सुरु

टाटा मोटर्सको एक्सचेञ्ज क्याम्प सुरु

सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ । आजदेखि आगामी मंगलबारसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुममा यो एक्सचेञ्ज क्याम्प जारी रहनेछ ।

आजदेखि शुरु भएको एक्सचेञ्ज क्याम्पमा भोलि पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै खानाको समेत व्यवस्था गरिएको जनाइएको छ ।

पछिल्लो समय नेपाली बजारमा ईभी गाडीप्रति ग्राहकहरुको चासो बढ्दै गएको छ । टाटा मोटर्सका नयाँ ईभी गाडीप्रति पनि ग्राहकको रुचि र बिक्री दुबै बढिरहेको कम्पनीको दाबी छ । 

प्रदूषणरहित, वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएकाले विगतका दिनमा इन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु टाटा मोटर्सका विद्युतीय गाडीसँग साट्ने क्रम पनि बढ्दो छ ।

आफ्ना ग्राहकको सुझाव तथा जिज्ञासालाई मध्यनजर गर्दै कम्पनीले उक्त एक्सचेञ्ज क्याम्पमा पेट्रोल, डिजेलबाट चल्ने सवारीसाधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरेर एउटै शोरुमबाट व्यवस्था गरिएको जनाइएको छ । 

यसका लागि ग्राहकलाई विभिन्न रिकन्डिसन केन्द्र जानुपर्ने झन्झट समेत नहुने कम्पनीले बताएको छ । सजिलैसँग एकै ठाउँमा सिप्रदी अस्योर्डमार्फत् उचित मूल्याङ्कन, शोरुममा बीमाको पनि सुविधा भएकाले यसले ग्राहकलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

हालको बजार मूल्यभन्दा गाडीको विशेष मूल्याङ्कन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पाइनेछ ।

गाडी मूल्याङ्कन गर्न आउने ग्राहकले तुरुन्तै उपहार पाउने तथा हरेक दिन लक्की ड्रमार्फत पाँच जना भाग्यशाली ग्राहकले स्मार्टवाच जित्न सक्ने कम्पनीले बताएको छ । जुनसुकै ब्राण्डको गाडी पनि टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभीसँग साट्न मिल्ने व्यवस्था गरेको छ । 

एकै ठाउँबाट गाडीको मूल्यांकन, न्यूनतम चार लाखको गाडी मूल्यांकन, एक्सचेन्ज बोनस, एकै ठाउँमा ईन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी पÞmाइनान्सिङ्गको सुविधा, नयाँ गाडीको बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार, निःशुल्क गाडीको थप एक्सेसोरिजलगायतको समेत व्यवस्था मिलाइएको बताइएको छ ।

टिप्पणीहरू