अमेरिकी सांसद नेतृत्वको टोली नयाँ दिल्ली प्रस्थान

अमेरिकी सांसद नेतृत्वको टोली नयाँ दिल्ली प्रस्थान

नेपाल भ्रमणमा आएको अमेरिकी सांसद नेतृत्वको तीन सदस्यीय टोली आज नयाँ दिल्ली गएको छ । कँग्रेस सदस्य माइकल जर्ज वाल्ज नेतृत्वको टोली बेलुकी सवा ५ बजे भिस्तारा एअरको उडान नम्बर युके १५६ मा त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।

टोलीमा क्याथरिन मेरी बन्र्स र ब्रेट अलेक्जेण्डर सिस्टो रहेको बुझिएको छ । पूर्व सैनिक अधिकृत जर्ज अमेरिकी कँग्रेसमा फ्लोरिडाबाट प्रतिनिधित्व गर्छन् । उनी रिपब्लिक पार्टीका सांसद हुन् ।

टिप्पणीहरू