संरक्षक केपी बा

संरक्षक केपी बा

कांग्रेस सांसद सुनील शर्मा जेलबाट छुट्नेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न पुगेछन् । पार्टीको हिसाबले त शेरबहादुर देउवा भेट्न जानुपर्ने हो । तर, भेट्न गयो केपी ओली ।

जेलबाट फुत्केका, जेल गएका, जेल जान ठिक्क परेका नेताजति जम्मै केपी ओलीकै सेरोफेरोमा बस्न जानुको कारण के होला ? योभन्दा अगाडि टोपबहादुर रायमाझी केपी ओलीको संरक्षणमा थियो । रामबहादुर थापा केपी ओलीकै संरक्षणमा छ । अहिले सुनील शर्मा पनि ओलीकै संरक्षणमा आएको छ । जेल जाने अवस्थामा पुगेका कोही नेता छन् भने त्यो अर्काकै पार्टीको भए पनि केपी ओलीले संरक्षण दिने रहेछ । त्यसैले केपी ओली तिनीहरूका लागि पनि भरोसाका केन्द्र हुन् । 

यस्तै ताल हो भने भोलि कृष्णबहादुर महरा पनि खुमलटार जानुको सट्टा बालकोटतिरै जाने अवस्था आउने हो कि ?
 

टिप्पणीहरू