रुसी चन्द्रयान अन्तरिक्षमै दुर्घटनाग्रस्त

रुसी चन्द्रयान अन्तरिक्षमै दुर्घटनाग्रस्त

रूसले चन्द्रमामा पठाएको यान दुर्घटनाग्रस्त भएको छ । उक्त यान चन्द्रमाको सतहमा पुग्नु अगावै दुर्घटनामा परेको जनाइएको छ ।

रुसले झण्डै पाँच दशकपछि चन्द्रमाको अन्वेषणका लागि यान पठाएको थियो । रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न पठाएको अन्तरिक्ष यानको नाम लुना–२५ हो । 

आज चन्द्रमाको धरातलमा पुग्नुपर्ने उक्त यान त्यसअघि नै दुर्घटनामा परेको छ ।  तत्कालीन सोभियत संघले सन् १९७६ मा पठाएको चन्द्रयान चन्द्रमाको धरातलमा पुगेको थियो ।

टिप्पणीहरू