ललिता निवास काण्डमा हिजो आंशिक,बाँकी मुध्दा आज लाने तयारी

ललिता निवास काण्डमा हिजो आंशिक,बाँकी मुध्दा आज लाने तयारी
सुन्नुहोस्

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थालिएको अनुसन्धान प्रतिवेदन आंशिक रुपमा हिजो बुझाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको पछिल्लो अनुसन्धान प्रतिवेदनको बाँकी अंश आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागिएको हो । 

सरकारी वकिलको कार्यालय स्रोतले भन्यो, ‘बाँकी आज बुझाउने तयारी छ । हिजो केही बुझाएको छ । सिआइबीले टेक्निकल पार्ट आज बुझाउने भनेको छ ।’ उक्त प्रकरणमा मुछिएकामध्ये प्रारम्भमा एक सय जनावारे अनुसन्धान र छानबिन गरिएको थियो । 

सिआइबीभन्दा पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्तिमा फेला परेका जति अधिकांशसङ्ग सोधपुछ गरेको थियो । अहिले सर्वोच्च अदालतको आदेश प्रष्ट नभएको भन्दै सिआइबीले दुई जना पूर्वप्रधानमन्त्रीलाई सोधनी नगरिकनै  मुद्दा  बुझाउन लागेको हो ।

स्रोत भन्छ, ‘तत्कालीन भौतिक योजना राज्यमन्त्री सञ्जय साह टक्लाको बयान लिइएको छ । अरु पूर्वमन्त्रीहरु फरार छन् । पक्राउ पुर्जी जारी भएका विजय गच्छदार, डम्बर श्रेष्ठ,र चन्द्रदेव जोशीलाई पक्राउ गर्न टोली खटाइएको छ । तर,ती फेला परेका छैनन् । पूर्व प्रधानमन्त्रीहरुको हकमा भने औपचारिक रुपमा बोल्न मिल्दैन ।’

टिप्पणीहरू