भारतीय चन्द्रयान ३ चन्द्रमाको सतहमा अवतरण

भारतीय चन्द्रयान ३ चन्द्रमाको सतहमा अवतरण
सुन्नुहोस्

भारतीय चन्द्रयान–३ चन्द्रमाको सतहमा सफल अवतरण भएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को अवतरण भएको छ । 

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराएर विश्वकै पहिलो मुलुकको इतिहास रचेको छ । 

उक्त यानलाई गत जुलाई १४ का दिन भारतको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको थियो । ४० दिनको यात्रा पूरा गरेर यान चन्द्रमाको सतहमा पुगेको छ । भारतीय यानले चन्द्रमाको दक्षिणी धुव्रमा पानी र बरफबारे अध्ययन गर्ने बताइएको छ । 

चन्द्रयान–३ को सफल अवतरणसँगै भारतमा खुशियाली मनाइएको छ । भारतीय प्रधानमन्त्रीले उक्त क्षणलाई मुलुकको ठूलो सफलता भनेका छन् ।

टिप्पणीहरू