बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाखाैं विद्युत महशुल हिनामिना

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाखाैं विद्युत महशुल हिनामिना
सुन्नुहोस्

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेजनारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । 

प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत विद्युत महशुलसम्बन्धी सर्भरको दुरुपयोग गरी उनले प्रतिष्ठान हातामा सञ्चालनमा रहेका विभिन्न व्यवसायीबाट विद्युत महशुलबापतको रकम ३३ लाख २० हजार २६ रुपैयाँ रकम उठाएर दुरुपयोग गरेको पाइएको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम ३३ लाख २० हजार २६ रुपैयाँ बिगो कायम गरी कैद, सजाय र जरिवाना हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको जनाएको छ ।

टिप्पणीहरू