भोलि मुलुकभरका सरकारी अस्पताल बन्द गर्ने डाक्टरहरुको घोषणा

भोलि मुलुकभरका सरकारी अस्पताल बन्द गर्ने डाक्टरहरुको घोषणा

नेपाल चिकित्सक संघले भोलि मुलुकभरका सरकारी अस्पताल र स्वास्थ्य संस्था बन्दको घोषणा गरेका छन् ।

गत बुधबार हेटौंडाको सञ्चो अस्पतालका दुई जना डाक्टरमाथि भएको हातपातको विरोधमा उनीहरुले अस्पताल बन्दको घोषणासहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । 

उक्त घटनाका दोषीहरुलाई कारबाही नगरेसम्म आन्दोलन नरोकिने चिकित्सकहरुको भनाई छ । संघका महासचिव डा. सञ्जिव तिवारी र अध्यक्ष डा. अनिल विक्रम कार्कीले जारी गरेको विज्ञप्तिमा उनीहरुले चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाको मागसमेत गरेका छन् ।

टिप्पणीहरू