मुलुकभरका अस्पताल बन्द, बिरामी अलपत्र

मुलुकभरका अस्पताल बन्द, बिरामी अलपत्र

डाक्टरहरुले आफ्ना माग पूरा गराउन मुलुकभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्था बन्द गराएका छन् । हेटौंडाको एउटा अस्पतामा सहकर्मी कुटिएको विरोधमा आज चिकित्सकहरुले सबै सरकारी स्वास्थ्य संस्था बन्द गराएका हुन् ।

उनीहरुले इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पारेको बताएका छन् । नेपाल चिकित्सक संघले आन्दोलन प्रारम्भ भएको बताउँदै आज अस्पताल बन्द गराएका हुन् ।

बिहानैदेखि अस्पताल पुगेका बिरामीहरु अलपत्र परेका छन् । संघले आकस्मिक सेवा जारी राखेको बताएका छन् । राजधानीका बाँसबारीस्थित न्युरो हस्पिटल र गंगालाल अस्पताल, महाराजगञ्जको शिक्षण अस्पताल, वीर अस्पताललगायत अधिकांशको इमर्जेन्सी बाहेक अरु सबै सेवा बन्द गरिएको छ ।

गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको कुटपिटपछि चिकित्सक संघले आन्दोलन थालेको हो ।
 

टिप्पणीहरू