इण्डो प्यासिफिक सम्मेलनमा सहभागी जर्नेलको राति आगमन
नेपाली सेनाका एक जना जर्नेल इण्डो प्यासिफिक चिफ्स कन्फरेन्समा सहभागी भएर स्वदेश आइपुगेका छन् । सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका उपरथी सुदर्शन सिलवाल गएराति नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका हुन् ।
उनी सेप्टेम्बर १० देखि १३ सम्म सम्पन्न हुने सम्मेलनका लागि भदौ २२ गते नयाँ दिल्ली हुँदै क्यानाडा गएका थिए ।
सिलवालसँगै प्रमुख सेनानी नरोत्तम पौडेल पनि एअर इण्डियाको उडान नम्बर एआई २१२ मा गए राति काठमाडौं आएको बुझिएको छ ।
टिप्पणीहरू