आन्दोलनकारीसँग वार्ता भएपनि राजधानीको ट्राफिक अस्तव्यस्त,
विद्यालय बन्द गरेर मुुलुकभरबाट राजधानीमा ओइरिएका शिक्षकहरुसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता गर्नुभएको छ । सरकारले उहाँको नेतृत्वमा वार्ता टोली गठन गरेर बिहान अनौपचारिक वार्ता भएको जानकारी दिइएको छ ।

आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति बनाएको हो ।दुवै पक्षले थप तयारी गर्ने र पुनः वार्तामा बस्ने सहमति गरेका छन् ।
शिक्षकहरुले विद्यालय बन्द गरेपछि सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको छ ।माइतीघर केन्द्रित आन्दोलनका कारण राजधानीको ट्राफिक आज पनि अस्तव्यस्त छ ।
टिप्पणीहरू