शिक्षकहरुको आन्दोलन जारी, राजधानीको ट्राफिक आज पनि प्रभावित

शिक्षकहरुको आन्दोलन जारी, राजधानीको ट्राफिक आज पनि प्रभावित

हिजो साँझ भएको आन्दोलनरत शिक्षक र सरकारबीचको ६ बुँदे सम्झौतामा असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका छन् । उनीहरुले आज पनि माइतीघरमा प्रदर्शन गरेका हुन् ।

सम्झौता नमान्ने नारा लगाउँदै प्रदर्शन गरेपछि राजधानीको सडकमा यातायात अवरुद्ध भएको छ । स्थायी शिक्षकहरुको तर्फबाट हिजो रातिदेखि आन्दोलन फिर्ता लिइएको छ ।  

आज शिक्षकहरुले शिक्षक महासंघविरुद्ध नै नाराबाजी गरेका छन् । राहत शिक्षक संघर्ष समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष सिमितिमा आवद्ध शिक्षकहरुले आन्दोलन जारी राख्ने बताएका छन् ।
 

टिप्पणीहरू