क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित
सुन्नुहोस्

चीनमा भइरहेको १९ औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी जित हात पारेको छ ।

नेपालले मंगोलियाविरुद्धको खेलमा २ सय ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो हालसम्मकै फराकिलो अन्तरको जित हो ।

खेलको प्रारम्भमा नेपालले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर १ बलमा ४१ रनमा सीमित हुँदै अल आउट भएको हो । 

नेपालको जितमा करण केसी, अभिनास बोहोरा र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका छन् । 

आजको खेलमा नेपालले सर्वाधिक रन अन्तरको जित, उच्च टी–२० आई योगफलको कीर्तिमानसहित कुशल मल्लले सर्वाधिक छिटो शतक र दीपेन्द्रसिंह ऐरीले सर्वाधिक छिटो अर्धशतकको कीर्तिमानसमेत बनाएका छन् ।

टिप्पणीहरू