कबड्डीमा नेपाल पराजित, पदकको सम्भावना अझै

कबड्डीमा नेपाल पराजित, पदकको सम्भावना अझै
सुन्नुहोस्

चीनको हाङ्चौमा जारी १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाल  इरानसँग पराजित भएको हो ।

यसअघिको एसियाड विजेता इरानसँग नेपाल ३२–१७ ले पराजित भएको हो । नेपालले चीनमा खेलेको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेको थियो । अब इरानले बंगलादेशसँग भिड्ने छ । उक्त खेलमा बंगलादेश पराजित भए नेपालले कास्य पदक जित्ने सम्भावना कायम छ ।

नेपालले अहिलेसम्म पदक तालिकामा खाता खोल्न सकेको छैन ।
 

टिप्पणीहरू