१९ औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

१९ औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

चीनको हाङ्चौमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले कास्य पदक पाएको हो ।

भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने भएकाले नेपालले पनि पाएको हो ।
 

टिप्पणीहरू