बंकरमा लुकेका विद्यार्थीलाई इजरायली सेनाद्वारा सुरक्षित स्थानमा सारिंदै

बंकरमा लुकेका विद्यार्थीलाई इजरायली सेनाद्वारा सुरक्षित स्थानमा सारिंदै

प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा अलपत्र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लैजान थालिएको छ । युद्धग्रस्त क्षेत्रको बंकरभित्र रहेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा लैजान लागेको हो । 

कृषि अध्ययनका लागि त्यहाँ पुगेका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थीहरु हमास हमलामा परेपछि बंकरमा लुक्दै आएका थिए । इजरायली सेनाले उनीहरुको उद्धार गरेको त्यहाँबाट विद्यार्थीहरुले बताएका छन् ।   

बिहान उद्धारका लागि हारगुहार गर्दै भिडिओ संदेश जारी गरेका दाङ नारायणपूरका विपिन सुवेदीले पनि आफूहरु सुरक्षित स्थलतर्फ लगिँदै गरेको बताए । आफूहरू बसेको बंकरबाट स्कर्टिङ गरेर लैजानका लागि आर्मीको टोली आइपुगेको उनले बताए ।

टिप्पणीहरू