१२ वर्षपछि भारत र श्रीलंकाबीच जल यातायात सुचारु

१२ वर्षपछि भारत र श्रीलंकाबीच जल यातायात सुचारु
सुन्नुहोस्

भारतको दक्षिण भाग र श्रीलंकाको उत्तरी भागको बीचमा हिन्द महासागर पर्छ । यी दुई मुलुकबीच उक्त स्थानमा जम्मा २८१ किलोमीटरको दूरी छ । अहिले सोही स्थानमा जल यातायात (सानो पानी जहाज) सञ्चालन भएको छ ।

यसअघि सन् १९८० मा उक्त जल यातायात सुरक्षाको कारण देखाउँदै स्थगन गरिएको थियो । त्यतिबेला श्रीलंकामा गृहयुद्ध चलिरहेको थियो । तमिलनाडुको टुटिकोरिन र कोलम्बोबीच पुन २०११ मे महिनादेखि उक्त सेवा सुचारु भएको हो ।

तर, सोही वर्षको नोभेम्बरमा उक्त सेवा रोकियो । त्यतिबेला लागत र आम्दानीको दृष्टिकोणले उक्त यातायात सञ्चालन गर्न असमर्थ भएको बताइएको थियो । त्यो समयमा २८१ किलोमीटर दूरी पार गर्न पानी जहाजमा झण्डै १२ घण्टा लागेको बताइन्छ ।

अहिले सोही यातायात अस्ति शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । उक्त जल यातायात तमिलाडुको नागपत्तिनम र श्रीलंकाको कन्केसन्थुरीसम्म चल्ने बताइएको छ । निकै द्रुत गतिको पानी जहाजमा डेढ सय जना सवार हुन सक्छन् । उद्घाटन यात्रामा ५० यात्रु भारतबाट श्रीलंका गएका हुन् । साही रात पानी जहाज श्रीलंकाबाट भारत फर्केको छ ।

नयाँ स्थानको दूरी ११० किलोमीटर कायम भएको छ । यो दूरी पार गर्न उक्त क्षमताको पानी जहाजलाई साढे तीन घण्टा लागेको बताइएको छ ।

टिप्पणीहरू