युवतीहरुको स्कुटर र ज्याकेटमा स्रोत नखुलेको पौने ८ लाख रुपैयाँ

युवतीहरुको स्कुटर र ज्याकेटमा स्रोत नखुलेको पौने ८ लाख रुपैयाँ

सप्तरीमा स्रोत नखुलेको नगद रकमसहित दुई युवती पक्राउ परेका छन् । सप्तरीको अग्निसाईर कृष्णसवरण नगरपालिका २, की २७ वर्षीया सिमा भन्ने सागरकुमारी चौधरी र सिरहाको लहान नगरपालिका १, की २६ वर्षीया चन्दा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले उनीहरुलाई पूर्व पश्चिम राजमार्गको रुपनी नगरपालिका १, खाडोपुलबाट पक्रेकोे हो । 

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र.–१००–४८ प ३०९० नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा डिकीमा लेडिज झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा स्रोत नखुलेको सात लाख ५० हजार र सागरकुमारीले लगाएको ज्याकेटमा साढे ३६ हजार गरी कुल सात लाख ८६ हजार नगद फेला परेको हो ।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू