मध्यरातमा विमानस्थलमा भीआईपीहरुको ओहोरदोहोर

मध्यरातमा विमानस्थलमा भीआईपीहरुको ओहोरदोहोर

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघ (आईपीयु) को महासभामा भाग लिएर स्वदेश फर्कनुभएको छ ।

उहाँ अंगोलामा भएको १४७औं महासभामा भाग लिएर राति साढे ११ बजे दुबई हुँदै फ्लाई दुबईको उडानमा काठमाडौं आउनुभएको हो ।अध्यक्ष तिमिल्सिना कात्तिक ४ गते नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यता जानुभएको थियो । 

काठमाडौंबाट मध्यरातमा सोही विमान कम्पनीको उडानमा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी काठमाडौंबाट दुबई गएको बताइन्छ । अन्सारी दशैंअघि नयाँ दिल्ली गएर फर्केका थिए ।

गएराति नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट सिंगापुर गएको बताइएको छ । उनी सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा राति ११ बजे त्यता गएको बुझिएको छ ।

टिप्पणीहरू