वडाध्यक्षको मनोमानी मान्दैनौँ भन्दै स्थानीयद्वारा कार्यालयमा तालाबन्दी

वडाध्यक्षको मनोमानी मान्दैनौँ भन्दै स्थानीयद्वारा कार्यालयमा तालाबन्दी

कैलालीको कैलारी गाउँपालिका ९ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । 

वडाध्यक्ष खेमराज चौधरीले मनोमानी गरेको भन्दै स्थानीयले कार्यालयमा ताला लगाएका हुन् । हिजो बेलुका ४ बजेतिर स्थानीयले नाराबाजी गर्दै ताला लगाएको वडासदस्य धनबहादुर रानाले बताए । 

वडाध्यक्ष चौधरीको लापरवाही र मनोमानीका कारण तालाबन्दी गरिएको उनको भनाई छ । 

‘स्थानीयले जे गरे ठीक गरे । वडाध्यक्षको मनोमानी एकदमै धेरै भइसकेको थियो । हरेक काममा आर्थिक अनियमितता बढेको छ । उहाँले स्थानीयमाथि ज्यादती गरिराख्नुभएको थियो, त्यसैले तालाबन्दी गरिएको हो’, उनले भने । 

वडाध्यक्ष चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाई कुलो, उपभोक्ता समिति निर्माण, विद्युत विस्तार, विद्यालय भ्रमण निर्माणलगायतका कार्यमा व्यापक आर्थिक अनियमितता गरेको स्थानीयको आरोप छ ।

टिप्पणीहरू