अक्टोबरमा १ लाख १७ हजार पर्यटकको आगमन, १० मुलुकका मात्रै ७२ हजार

अक्टोबरमा १ लाख १७ हजार पर्यटकको आगमन, १० मुलुकका मात्रै ७२ हजार

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढेको छ । पछिल्लो एक महिनाका विश्वका छ वटा मुलुकबाट मात्रै नेपालमा ७२ हजार बढी पर्यटक भित्रिएको बताइएको छ । 

भारत, अमेरिका, बेलायत, चीन, अष्ट लिया, जर्मनी, फ्रान्स, बंगलादेश, श्रीलंका र इटालीबाट गरेर ७२ हजार ५१७ जना नेपाल घुम्न आएका हुन् । अक्टोबर महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० र अमेरिकाबाट १४ हजार ८७९ जना नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

त्यस्तै, बेलायतबाट आठ हजार २१७, चीनबाट छ हजार ८८०, अष्ट्रेलियाबाट छ हजार ७५ र जर्मनीका पाँच हजार ९१६ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । यो अवधिमा फ्रान्सबाट पाँच हजार २७१, बंगलादेशका चार हजार २९२, श्रीलंका दुई हजार ५०७ र इटालीबाट दुई हजार ४६७ आएका हुन् ।

यी बाहेक अन्य मुलुकका गरी अक्टोबरमा कुल एक लाख १७ हजार ३०६ जना पर्यटकको आगमन भएको छ । यो अक्टोबर महिनामा हालसम्मकै सर्वाधिक संख्या हो ।

टिप्पणीहरू