संसदको चालु अधिवेशन अन्त्यको तयारी

संसदको चालु अधिवेशन अन्त्यको तयारी

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी छ ।  मन्त्रिपरिषद्को अहिले सिंहदरबारमा बसेको बैठकले संसद बैठक अन्त्यका लागि सिफारिस गर्ने बुझिएको छ ।

यसअघि हिजो बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले पनि आजदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । हिजोको बैठकमा शीर्ष नेताले संसद बैठकलाई सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो ।

आज अधिवेशन अन्त्य गरेपछि निकै चर्चामा रहेको संक्रमणकालीन न्याय न्याय (टीआरसी) र सम्पत्तिशुद्धीकरण सम्बन्धी विधेयक हिउँदे अधिवेशनसम्म पुग्ने भएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । बिहान साढे ९ बजेदेखि बसेको बैठकमा अधिकांश मन्त्रीको उपस्थिति रहेको बताइन्छ । अर्थमन्त्री प्रकाश शरण महत बेलायत र परराष्ट्रमन्त्री एनपी साउद भने अमेरिका भ्रममा छन् ।

टिप्पणीहरू