क्याबिनेट बैठकपछि प्रधानमन्त्री भैरहवा प्रस्थान

क्याबिनेट बैठकपछि प्रधानमन्त्री भैरहवा प्रस्थान
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल भैरहवा जानुभएको छ । उहाँ बुद्ध एअरको उडानमा पौने ११ बजे काठमाडौंबाट प्रस्थान गर्नुभएको बताइएको छ ।

केहीबेर अघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

यसअघि हिजो बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा पनि आजदेखि अधिवेशन अन्त्य गर्ने र त्यसअघि शीर्ष नेताले संसद बैठकलाई सम्बोधन गर्ने सहमति भएको थियो । 

प्रधानमन्त्री आज बुटवलमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । सबैभन्दा पहिले बिहान ११ बजे आम्दा अस्पताल पुग्ने र त्यसपछि दिउँसो १ बजे माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीहरुसँग छलफल गर्ने बताइएको छ । २ बजे जनवर्गीय संगठनका अगुवालाई प्रशिक्षण दिएपछि अपरान्ह राजधानी फर्कनुहुनेछ ।

टिप्पणीहरू