विश्वबाबु पुडासैनी बने पाँचौं सिफारिसमा सचिव

विश्वबाबु पुडासैनी बने पाँचौं सिफारिसमा सचिव
सुन्नुहोस्

सरकारले सहसचिवद्वय राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले राधिका अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गरेको बताइएको छ ।

इन्जिनियरिङ सेवातर्फ सचिवमा बढुवा भएका पुडासैनीको नाम यस पटक एकल सिफरिस भएको थियो । वरिष्ठताका आधारमा यसअघि चार पटक सिफरिसमा परे पनि सचिव बढुवाबाट वञ्चित भएका थिए ।  

प्रशासनतर्फबाट सचिव बनेकी अर्याल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिवमा कार्यरत छिन् ।
 

टिप्पणीहरू