रिगललाई माफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतद्वारा बदर

रिगललाई माफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतद्वारा बदर
सुन्नुहोस्

योगराज ढकाल रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

चेतन मानन्धरको हत्यामा संलग्न रिगलको कैद सजाय मिनाहा विरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले यस्तो निर्णय सुनाएको हो । 

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा हिजो र अस्ति यस मुद्धामा सुनुवाई भएको थियो ।

रिगलले २०७२ असार २८ गते नेपालगञ्जका चेतनलाई खुँडा प्रहार गरी हत्या गरेको ठहर गर्दै तीनै तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, संविधान दिवसको अवसरमा राष्ट्रपतिले उनलाई आम माफी दिएपछि चेतनकी श्रीमती भारती शेर्पाले अदालतमा रिट हालेकी थिइन् ।

टिप्पणीहरू