रिगललाई अदालतमा बुझाईंदै

रिगललाई अदालतमा बुझाईंदै

सर्वोच्च अदालतको हिजोको आदेशपछि नेपालगञ्जमा पक्राउ परेका रिगल भनिने योगराज ढकाललाई अदालतमा बुझाउने तयारी गरिएको छ । उनलाई जिल्ला अदालत बाँकेमा बुझाउने तयारी गरिएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज दिउँसोसम्म उनलाई अदालतमा बुझाइने छ । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद सजाय पाएका योगराजलाई आममाफी दिने सरकारको निर्णय हिजो सर्वोच्च अदालतले बदर गरिदिएको हो । 

अदालतले कर्तव्य ज्यानमुद्दामा ठहर भएको जन्मकैदमध्ये बाँकी ११ वर्ष ११ महिना पाँच दिन पनि निजलाई कारागारमा राख्न परमादेश दिएको छ ।

टिप्पणीहरू