सबै श्रेणीहरू

पत्रकारको हुल खस्यो पानीमा,यस्तो पनि हुँदो रैछ जिन्दगानीमा

पत्रकारको हुल खस्यो पानीमा,यस्तो पनि हुँदो रैछ जिन्दगानीमा

सशस्त्र प्रहरी बल नेपालका हाकिमहरुको लापरबाहीका कारण दुई दर्जन पत्रकारको झण्डै ज्यान गएको छ । गत शुक्रबार सुनसरीको पकलीमा आयोजित गोताखोर तालिममा आयोजक र आमन्त्रित पत्रकारहरुको असावधानीका कारण  ठूलो दुर्घटना भए पनि मुश्किलले टरेको थियो । 

तत्काल उध्दार भएकाले एक जनाबाहेक अरु सबै उपचारपछि भोलिपल्ट घर फर्केका थिए । कात्तिक १७ गते चतरामा तालिमको अन्तिम प्रवचन राखिएको थियो । कोशीका मुख्यमन्त्री केदार कार्की प्रमुख अतिथि थिए । साँझ नदीमा डुबेर घाइते भएका पत्रकारहरुलाई भेट्न उनी बिपी कोइराला अस्पताल धरान पुगे पनि ।

डुबेकामध्ये धेरैजसो पूर्वका प्रेस युनियन निकट पत्रकारहरु हुन् । सुनसरी र मोरङका उनीहरुलाई डुंगा चढाउँदै उदयपुरतर्फको किनारमा पुर्याइएको र बिहान तालिमस्थलसम्म उनीहरुलाई सशस्त्र प्रहरीको गाडीमा हालेर लगिएको थियो ।

नदीमा डुबेर मुश्किलले बाँचेका पत्रकारहरुमा कान्तिपुर टेलिभिजनका विराटनगर सम्वाददाता महाप्रसाद खतिवडा, क्यामरा पर्सन शम्भु पोखरेल, कान्तिपुर दैनिकका देवनारायण साह,रेडियो नेपालका कुमुद अधिकारी,जितेन्द्र ठाकुरलगायत छन् ।

गोताखोर तालिमको प्रमुख डिएसपी वीरेन्द्र खनाल थिए । उनै तालिम संयोजक रहेको बताइन्छ । बढीमा आठ जना चढ्नुपर्ने डुंगामा २२ जनालाई हालिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

स्रोत भन्छ, ‘२२ जनालाई डुंगामा हालेर कोशीपारि लगियो । पत्रकारहरुले लाइफ ज्याकेट पनि लगाएका थिएनन् । त्यो दिन उक्त डुंगा नियमित रुपमा चलाउने गोताखोरले खियाएका थिएनन् ।’ उदयपुरतर्फ पुगेका दुई दर्जन पत्रकार कार्यक्रममा मुख्यमन्त्री आइपुगेको थाहा पाएपछि हुर्हुराउँदै सुनसरीतर्फ आउँदा दुर्घटना भएको बुझिएको छ ।

सरसर्ती हेर्दा पत्रकारहरुको जोड र कार्यक्रम संयोजक डिएसपी खनाल एवम् उनीभन्दा माथिका हाकिमहरुको लापरबाहीले दुर्घटना भएको देखिन आएको बताइन्छ । कथम् कसैको ज्यान गएको भए डिआइजीको जागिर स्वतः धरापमा पथ्र्यो । डिआइजी अञ्जनीकुमार पोख्रेल उक्त तालिम कार्यक्रमको जिम्मेवारीका हिसाबले उपल्लो तहका अधिकारी हुन् ।

नदीमा डुबेर मुश्किलले बाँचेका पत्रकारहरुमा कान्तिपुर टेलिभिजनका विराटनगर सम्वाददाता महाप्रसाद खतिवडा, क्यामरा पर्सन शम्भु पोखरेल, कान्तिपुर दैनिकका देवनारायण साह,रेडियो नेपालका कुमुद अधिकारी,जितेन्द्र ठाकुरलगायत छन् । मोटो शरीरका अधिकारीले डुबेर नदीको पानी खाएकाले दुई दिन अस्पतालमा बसेको बताइन्छ । अरु भने एक रात अस्पताल बसेर घर गएका थिए ।

नदीमा डुबेका सबैको क्यामरा, मोबाइल,रेकर्डर सञ्चारसामाग्री कोशीमा बगेको छ ।