गभर्नर अधिकारीको नाममा फेक ह्वाट्सएप अकाउण्ट

गभर्नर अधिकारीको नाममा फेक ह्वाट्सएप अकाउण्ट
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र फोटो दुरुपयोग गरी फेक ह्वाट्सएप बनाइएको छ । गभर्नरको नाममा फेक ह्वाट्सएप अकाउण्ट खोलेर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएको भन्दै राष्ट्र बैंकले अनुरोध गरेको हो । 

‘यस बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप अकाउण्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू