एनआइसी बैंकको विरोधमा उत्रियो दुर्गा प्रसाईंको टोली

एनआइसी बैंकको विरोधमा उत्रियो दुर्गा प्रसाईंको टोली
सुन्नुहोस्

बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा अभियान चलाइरहेको मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको ’नागरिक बचाऊ महाभियान’ ले काठमाडौँ महानगरपालिका–२९ वडा कार्यालय घेराउ गरेको छ । 

एनआईसी एसिया बैंकले उक्त वडा निवासी नलिसा खानको घर गैरकानुनी तवरले लिलामी गर्न लागेको जनाउँदै प्रसाईंका कार्यकर्ता वडा कार्यालय घेर्न गएका हुन् । बैंकमा धितो राखिएको घरलाई समयावधि अगावै बैंक र वडाध्यक्ष कुशकुमार ढकालको आपसी मिलेमतोमा बिक्री गराई खानलाई बिचल्ली पारेको प्रसाईं समूहको आरोप छ । 

बैंकको धितो लिलामी प्रक्रियामा लैजानुपूर्व ३५ दिने सूचना निकाल्नुपर्नेमा त्यसो नगरिएको र महानगरको न्यायिक समितिमा समेत छलफल नगरिएको दाबी गर्दै प्रसाईं समूहको काठमाडौँ जिल्ला समितिले बागबजारस्थित वडा कार्यालयमा आज धर्ना दिएको हो । 

सोही समूहले यस सम्बन्धमा महानगरमा उजुरी समेत हालेको छ ।

टिप्पणीहरू