आन्तरिक उडानमा थपिए दुई विमान

आन्तरिक उडानमा थपिए दुई विमान

यति एयरलाइन्सले नयाँ विमान थपेको छ । एयरलाइन्सले ७२ सिट क्षमताका दुई वटा जहाज भित्राएको छ । 

एअरलाइन्सले विदेशबाट ल्याएका ती विमान बंगलादेशको राजधानी ढाकाबाट  आज बेलुकी साढे ५ बजेको हाराहारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विमानलाई अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङमा राखिएको छ ।

कल साइन एओए ७२ सिट क्षमताको जहाज ५ बजेर २० मीनेटमा र एओएफ ७२ विमान साँझ ५ बजेर ३५ मीनेटमा आइपुगेका हुन् ।

टिप्पणीहरू