सरकारद्वारा देशभरिबाट रवि लामिछानेको सम्पत्ति विवरण संकलन

सरकारद्वारा देशभरिबाट रवि लामिछानेको सम्पत्ति विवरण संकलन
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सम्पत्ति शुद्धिकरणमा तानिएका छन् । 

प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले रविको सम्पत्ति खोजबिन शुरु गरेको छ । ग्यालेक्सी टेलिभिजनको शेयर किनबेचका क्रममा आर्थिक कारोबार नभएको भन्दै उनले पत्रकार सम्मेलन गरेकै दिन माघ ८ गते विभागले २० वटा बैंकलाई पत्र लेखेर खाता विवरण तथा कागजात उपलब्ध गराउन भनेको हो । 

"सम्पत्ति शुद्धिकरण (मनि लण्डरिङ) सम्बन्धी कसूर जाँचबुझको सिलसिलामा आवश्यक परेको हुँदा दुबैको नाममा कुनै किसिमको खाता छ ? छैन? भनेर विभागले सोधेको छ । त्यस्तै,खाता भए कुन प्रयोजनका लागि खोलेको हो ? त्यसको विवरण, खाता खोल्दाका बखत पेश गरेको कागजात (केवाईसी) र हालको मौज्दातको अवस्था इमेलमार्फत उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।"

विभागले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक,नेपाल एसबिआई बैंक,एभरेष्ट बैंक,एनआइसी बैंक, कुमारी बैंक,लक्ष्मी सनराइज बैंक,सिद्धार्थ बैंक,कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, सिटिजन्स बैंक,प्राइम कमर्सियल बैंक, एनएमबी बैंक,प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई एकमुष्ट लेखेको पत्रमा रवि र जिबी राईको खाता विवरण उपलब्ध गराइदिन भनिएको छ ।

  

पत्रमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बस्ने लालाचन्द्र लामिछानेको छोरा रवि लामिछाने (ना. प्र. नं.- १८२२२ काठमाडौँ) र ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर १ बस्ने हरि राईको छोरा जितेन्द्रबहादुर राई (ना. प्र. न.-४५६७१/५१) को सबै बैंकिङ्ग कारोबार उपलब्ध गराउन भनिएको छ ।

 

सम्पत्ति शुद्धिकरण (मनि लण्डरिङ) सम्बन्धी कसूर जाँचबुझको सिलसिलामा आवश्यक परेको हुँदा दुबैको नाममा कुनै किसिमको खाता छ ? छैन? भनेर विभागले सोधेको छ । त्यस्तै,खाता भए कुन प्रयोजनका लागि खोलेको हो ? त्यसको विवरण,खाता खोल्दाका बखत पेश गरेको कागजात (केवाईसी) र हालको मौज्दातको अवस्था इमेलमार्फत उपलब्ध गराइदिन अनुरोध गरिएको छ । 

साथै, उनीहरुले बैंकबाट ऋण लिएको भए सो को विवरण तथा ऋण लिँदा पेश गरेका सम्पूर्ण कागजातहरुको प्रमाणित प्रतिलिपिसमेत विभागले मागेको छ । 

देशभर सहकारीको नेटवर्क खडा गरेर आफैँ अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा सहकारी ऐनविपरित ऋण प्रवाह गराएका जिबीमाथि सहकारी ठगीको आरोप छ । सर्वसाधारण नागरिकले खाई-नखाई जम्मा गरेको करोडौँ निक्षेप कुम्ल्याएर बेपत्ता भएका उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिशसमेत जारी गरेको छ । 

ग्यालेक्सीमा प्रवन्ध निर्देशक रहँदाका बखत भएको उक्त गैरकानुनी कारोबारमा 'स्वेट शेयर' लिएका रवि पनि मुछिएका हुन् । त्यस बखत उनले मासिक पाँच लाख बढी पारिश्रमिकसहित आकर्षक सेवा-सुविधा लिएका थिए । सोही कारण कारोबार शंकास्पद देखिएपछि सम्पत्ति शुद्धिकरणले दुबै जनामाथि छानविन थालेको बताइएको छ ।

टिप्पणीहरू