सबै श्रेणीहरू

टुँडिखेलभित्र पुष्पवृष्टि, बाहिर क्यामरा डाउन

टुँडिखेलभित्र पुष्पवृष्टि, बाहिर क्यामरा डाउन

काठमाडौंको टुँडिखेलमा आज  प्रजातन्त्र दिवस मनाइएको छ । मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट पाहुनाहरुको उपस्थिति थियो ।

टुँडिखेलमा सेनाले तोप र बढाईसँगै हेलिकोप्टरबाट पुष्पवृष्टि गराइएको थियो । तर, उक्त कार्यक्रममा पत्रकारहरुलाई प्रवेश नदिएपछि सैनिक मञ्च प्रवेशद्वार बाहिर फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।

सूचना तथा प्रसारण विभागको कार्ड बोकेका पत्रकारलाई समेत प्रवेश नदिएपछि उनीहरूले विरोध गरेका हुन् । आयोजकले समारोहको निमन्त्रणपत्र बोक्नुपर्ने भन्दै पत्रकारलाई बाहिरै रोकेका थिए ।