शुक्रकिटमा समस्या रहेको श्रीमानको दावी, श्रीमती बूढो मामासँग सुतेको आरोप

शुक्रकिटमा समस्या रहेको श्रीमानको दावी, श्रीमती बूढो मामासँग सुतेको आरोप

म्याकुरी उपनामले परिचित कमेडी कलाकार पवन खतिवडाले आफूमाथि लागेका घरेलु हिंसासहितका सबै आरोप झूठो भएको दावी गरेका छन् । अस्ति साँझ श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले १० महिनासम्म सुधार केन्द्रमा बन्धक बनाएको, अर्की युवतीलाई गर्भवती बनाएको, आफ्नो गाडी र पैसा लिएको आरोप लगाएकी थिइन् । 

तर पवनले उक्त आरोपका खण्डन गरेका छन् । रोचक कुरा भने पवनसँग २५ लाखको बार्गेनिङ गर्न तेस्रो पक्षले डिल गरेको षड्यन्त्र पनि उनले खुलासा गरेका छन् । आफूले सुम्निामालाई १० महिनासम्म सुधार केन्द्रमा राखेको स्वीकार गरे पनि त्यसको कारण खुलाएका छन् । 

’सुधार केन्द्रमा राखेको सत्य हो । म भेट्न गइनँ । सिक्किमबाट उसको परिवार नआउदासम्म म जान्न भनेकै हो’, अगाडि भने, ’तर उसले भ्रम फैलाएजस्तो कुनै यातना दिएको छैन । प्रत्येक समय फोन गरेर मैले उसको हालखबर बुझेको छु । नपत्याए केन्द्रमा बुझ्न सकिन्छ ।’ 

तर सुम्निमाको जड्याहा प्रवृत्तिबाट आजित भएर महिला सुधार केन्द्रमा राखेको उनले बताए । मदिरा पिएपछि विनाकारण हातपात गर्ने बानीले सुधार केन्द्रमा राख्नु परेको उनको तर्क छ । तर सुम्निमा सुधार केन्द्रको भित्ता फोडेर भागेको पवनले बताए । यद्यपि, परिवारको सल्लाहमा भाउजु (सुम्निमा) लाई सुधार केन्द्रमा राखिएको पवनकी बहिनीले बताइन् ।  

सुम्निामालाई मामा भनिएका ६० वर्षेले यौन शोषण गरेको थाहा पाउँदा पनि आफूले बिहे गरेको पवनको भनाई छ । उनले तथ्य खुलाउँदै भनेका छन्, ’मामालाई केस हाल्दिन्छु । त्यो मान्छेले हो मेरो जिन्दगी बर्बाद गर्ने, मलाई १३ वर्षमै यौन शोषण गर्यो भन्थी । तर कहाँ हुनु, अस्ति सुधार केन्द्रबाट भागेपछि त्यही मामाकोमा गएर बसेकी रैछ । पहिला पनि कुनै यौन शोषण थिएन, सहमतिमै लिभिङ टुगेदर थियो ।’  

सुम्निमाकै कारण आफू डिप्रेसनमा गएको पवनको भनाई छ । नैतिकताको हिसाबले आफूले कहिल्यै हात नउठाएको तर श्रीमतीले बारम्बार आफूमाथि हातपात गरेको दुःखेसो पोखो । उनले भने, ‘काभ्रेमा सुटिङ भएका ख्याल ठट्टाका एपिसोडहरु ध्यान दिएर हेर्नुस्, जुम गरेर हेर्नुस्, अनुहारका चोटहरु मेकअपले सकी नसकी पुरेको छु ।’ 

आफूले पैसाकै निम्ति कहिल्यै सुम्निमामाथि गलत नियत नराखेको र गाडी तथा पैसा नलिएको दावी गरेका छन् । ’उसँग ४० लाख र गाडीको स्रोत के हो ? बाबुआमा सिक्किममा गरिब छन् । मामा भनाउँदो आफैं हरिकंगाल छ ।’

सुम्निमाको आमा र बहिनीबारे उनले भनेका छन्, ‘उसको बहिनी र आमालाई होटल नै खोल्देको थिएँ राधेराधेमा । होटलको नाम नै म्याकुरी सिक्किमे मःमः समथिङ के थियो । तर तिनीहरुले होटल नै बेचे र पैसा बोकेर हिँडे । मैले किनिदिएको सुनपनि सबै नक्कली बनाइन । त्यसपछि आएका प्रोब्लमहरु हुन् यी ।’ 

आफ्नो शुक्रकिटमा समस्या देखिएकाले श्रीमतीसँग बच्चाको प्लान नगरेको उल्लेख गर्दै अर्की युवती गर्भवती हुने कुनै सम्भावना नरहेको खुलासा पनि गरे ।
शुक्रकिटको समस्या सुनाए, ’हेल्पिङ हस्पिटलले दुई वर्ष पहिल्यै मेरो शुक्रकिटमा समस्या छ भनेको हो । सुम्निमासँगै फेम्ली प्लानिङ गर्दा तपाईंको बच्चा हुँदैन भनेर एउटा गन्हाउने औषधि प्रयोग गर्न दिएको थियो । अब मेरो शुक्रकिटले कसरी गर्भवती बनाउनु ?’

यता गर्भवती भएको भनिएकी युवती ऋतु बस्नेतले पनि मुख खोलेकी छन् । आफूले शर्मिला वाइवाको दबाबमा उक्त भिडियो बनाउन बाध्य भएको खुलासा गर्दै पवनसँग माफी मागेकी छन् । 

शर्मिलाले आफूलाई पैसाको लोभ देखाइ जर्बजस्ती भिडियोमा बोल्न लगाएको ऋतुको भनाई छ । भनिन्, ’सबैसँग माफी माग्न चाहन्छु । शर्मिला बाइवाले पवनसँग २५लाख माग्छु, आधा तँलाई, आधा मलाई भनेकी थिइ । त्यै पनि त्यो सुरुमा प्र्याङ्क भिडियो भनेकी थिइन् ।’
 

टिप्पणीहरू