सहकारीबाट लिइएको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिँदै

सहकारीबाट लिइएको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिँदै
सुन्नुहोस्

बागमती प्रदेश सरकारले सहकारी संस्थाहरुबाट लिइएको ऋण चुक्ता गर्न सबै ऋणीहरुलाई सचेत गराएको छ । प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले ऋणको साँवा तथा ब्याज चुक्ता गर्न ऋणीहरुलाई लिखित आग्रह गरेको छ । 

ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा ब्याज चुक्ता नगर्दा बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकिएकाले सम्झौता वा सर्तबमोजिम लिइएको ऋणको साँवा र ब्याज ऋणीहरुले भुक्तान नगरे सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित सूचनामा भनिएको छ, ‘सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज विभिन्न बहानाबाजी एवम् केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको छ ।’

समयमा ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम कारबाही गर्ने मन्त्रालयको चेतावनी छ ।

टिप्पणीहरू