बस दुर्घटनामा छ जना चिनियाँ पर्यटक घाइते

बस दुर्घटनामा छ जना चिनियाँ पर्यटक घाइते

तनहुँमा बस दुर्घटना हुँदा छ जना चिनियाँ पर्यटक घाइते भएका छन् ।

म्याग्दे गाउँपालिका–६ शेराटारमा बिहान भएको पर्यटक बस दुर्घटनामा चिनियाँ पर्यटक घाइते भएका हुन् । 

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस सडकमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा अन्य २० जना यात्रु सकुशल छन् ।

घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेल चौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिहेको छ ।

टिप्पणीहरू