गृहमन्त्रीसँग विदेशी राजदूतहरुको दिनहुँ भेटघाट

गृहमन्त्रीसँग विदेशी राजदूतहरुको दिनहुँ भेटघाट
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग आज नेपालका लागि बेलायती राजदूत रब फेनले भेट गरेका छन् । राजदूत रब गृहमन्त्रीसँग भेटघाटका लागि बिहान १० बजे सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका थिए । करिब आधा घण्टाको शिष्टाचार भेटवार्तापछि राजदूत साढे १० बजे त्यहाँबाट बाहिरिएको बताइएको छ ।

यसअघि हिजो दिउँसो पाकिस्तानी राजदूत अब्रार एच हाश्मीले भेट गरेका थिए । राजदूत हाश्मीले गृहमन्त्रीसँग मन्त्रालयमा दिउँसो ३ बजेदेखि आधा घण्टा कुराकानी गरेका हुन् । 

त्यसअघि मन्त्री राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म उपस्थित भएका थिए । संसदीय समितिको बैठक जानुअघि बिहान १० देखि पौने ११ बजेसम्म मन्त्रीसँग चिनियाँ राजदूत छेन सोङले भेटवार्ता गरेका हुन् ।
 
हिजै दिउँसो पाकिस्तानी राजदूतसँगको भेटघाटपछि मन्त्री भेट्न भारतीय राजदूत नवीन श्रीवास्तव मन्त्रालय पुगेका थिए । भारतीय राजदूतसँग ३ बजेदेखि साढे ३ बजेसम्म कुराकानी भएको हो । अस्ति दक्षिण कोरियाका राजदूत पार्क तइयोङले भेट गरेका थिए ।

टिप्पणीहरू