भोलिसम्म पानी, पर्सिदेखि घाम

भोलिसम्म पानी, पर्सिदेखि घाम

पछिल्लो एक सातादेखि मुलुकभर भइरहेको बदली र वर्षा भोलिसम्म हुने छ । जल तथा मौसम विज्ञान विभागले पर्सिदेखि घाम लाग्ने जनाएको छ । 

महाशाखाले मुलुकको पूर्वी र मध्य भागमा देखिएको अहिलेको अवस्थालाई प्रि–मनसुन भनेको छ । भोलिसम्म कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना छ । अन्यत्रको तुलनामा लुम्बिनी र मधेशमा वर्षाको सम्भावना कम छ ।

यसबीचमा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनसक्ने जनाइएको छ ।

टिप्पणीहरू