फिल्म प्रमोशनका लागि गफाडी प्रतियोगिता

फिल्म प्रमोशनका लागि गफाडी प्रतियोगिता
सुन्नुहोस्

निर्माता/निर्देशकले आफ्नो चलचित्र प्रदर्शनअघि प्रचार-प्रसारका लागि विभिन्न तरिका अपनाउने गर्छन् । आगामी चैत ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र 'डिग्री माइला'को निर्माण पक्षले भने 'गफाडी प्रतियोगिता' आयोजना गर्ने भएको छ । 

चलचित्रको प्रमोशनका लागि निर्माण पक्षले सामाजिक सञ्जालमार्फत गफाडी प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यसका लागि 'डिग्री माइला' पात्र बनेर आफ्नै बारेमा गफ दिइएको भिडियो पठाउन आव्हान गर्दै उत्कृष्ट तीनलाई आकर्षक पुरस्कार दिने घोषणा गरिएको छ । 

इच्छुकले आफ्नैबारे गफ दिएको अधिकतम ३ मिनेटको भिडियो बनाएर प्रतियोगितामा सहभागी हुन सक्नेछन् । प्रतियोगितामा प्रथम हुनेले अनर मोबाइलको एक्स नाइन बि फाइभजी पाउनेछन् भने दोश्रो र तेश्रो हुनेले क्रमशः  एक्स एट बि तथा एक्स सेभेन बि मोडलको मोबाइल प्राप्त गर्नेछन् ।

यसका अलावा सन्त्वना पुरस्कारस्वरुप यो सिनेमाको ५० वटा टिकट प्रदान गरिने निर्माण पक्षले जनाएको छ । 

रामबाबु गुरुङले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतको अभिनय छ ।
 

टिप्पणीहरू