सुन र हिराका गहना लगाएकी ज्याक्लिन मुम्बई फर्किन्

सुन र हिराका गहना लगाएकी ज्याक्लिन मुम्बई फर्किन्
सुन्नुहोस्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौंमा क्याटवाक गरेपछि मुम्बई फर्केकी छन् । उनी पाँच जनाको टोलीसहित नेपाल वायुसेवाको उडान नम्बर आरए २०१ मा दिउँसो साढे २ बजे मुम्बई गएको बताइएको छ । 

उनीसहित दुई दर्जन कलाकारले ज्वेलरी फेसन रनवेमा ‘क्याटवाक’ गरेका हुन् । दरबारमार्गस्थित याक एण्ड यति होटलमा हिजो साँझ सम्पन्न रनवेमा भारतीय तथा नेपाली कलाकारहरुले नयाँ डिजाइनका गहना प्रदर्शन गरेका थिए । 

उनीहरुले आकर्षक पोशाकसहित विभिन्न डिजाइनका गहना पहिरिएका थिए । कार्यक्रममा आकर्षणको केन्द्र बलिउड अभिनेत्री ज्याकलिन बनेकी थिइन् । उनले घाँटी, हातको नाडी, औँला, कान र खुट्टामा सुन तथा हिराले बनेका विभिन्न गहना लगाएकी थिइन् । 

उक्त ज्वेलरी फेसन रनवे आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको हो ।

टिप्पणीहरू