उपराष्ट्रपति ओशो तपोवनमा

उपराष्ट्रपति ओशो तपोवनमा
सुन्नुहोस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादव बालाजु नजिकै मुड्खु भञ्ज्याङ पुग्नुभएको छ । उहाँ ओशो तपोवनमा आयोजित ओशो महोत्सव उद्घाटनका लागि केहीबेर अघि त्यहाँ पुग्नुभएको हो ।

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत झण्डै दुई हजार जनाको उपस्थिति रहेको बताइएको छ ।

कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, गायक सत्यराज र स्वरुपराज आचार्यको प्रस्तुति हुने जनाइएको छ ।

टिप्पणीहरू