प्रदर्शनीमार्गमा गृहमन्त्रीको पुत्ला जलाउने तयारी

प्रदर्शनीमार्गमा गृहमन्त्रीको पुत्ला जलाउने तयारी

नेपाल विद्यार्थी संघ, आरआर क्याम्पस इकाइले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाउने भएको छ । आज साँझ ६ बजे प्रदर्शनीमार्गस्थित क्याम्पस बाहिर गृहमन्त्रीको राजीनामा माग्दै पुत्ला दहन कार्यक्रम राखिएको बताइएको छ ।

सहकारी ठगीमा संलग्न भएको आरोप लगाउँदै संघले राजीनामाको निम्ति दबाबका लागि प्रदर्शन गर्न लागेको हो । 

गृहमन्त्रीको विरोधमा हिजो बुटवलमा सुप्रिम सहकारी संस्थाका बचतकर्ताले जुलुस निकालेका थिए । उनीहरुले सहकारी ठगीमा संलग्नहरुलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका थिए ।

टिप्पणीहरू