कतारी अधिकारीहरु मध्यरात काठमाडौं ओर्लिए,हात्तीको छावा लैजाने तारतम्य

कतारी अधिकारीहरु मध्यरात काठमाडौं ओर्लिए,हात्तीको छावा लैजाने तारतम्य
सुन्नुहोस्

आगामी साता हुन लागेको कतारी अमिर अरि शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणको तयारी थालिएको छ । भ्रमणको पूर्व तयारीका लागि गएराति दुई जना कतारी अधिकारी बैंकक हुँदै काठमाडौं आएका छन् ।

थाइ एअरवेजको उडान नम्बर टिजी ३१० मा राति पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीमा युसुफ अहमद वाइबी अलसायद र अब्दुल्ला मोहम्मद सिद्धिक क्युएस अल इमादी रहेको बुझिएको छ ।

यसअघि सोमबार पनि सोही उद्देश्यका लागि २२ जना कतारी अधिकारीहरु दोहाबाट सोझै काठमाडौं आएका थिए । 

कतारका अमिरलाई नेपाल सरकारले हात्तीका दुई वटा बच्चा (छावा) उपहार दिने तयारी हुँदैछ ।
 

टिप्पणीहरू