लघुवित्त पीडितको धर्ना लगातार

लघुवित्त पीडितको धर्ना लगातार
सुन्नुहोस्

सहमति कार्यान्वयनमा सरकार गम्भीर नबनेको भन्दै पुन: सडक संघर्ष शुरु गरेका लघुवित्त पीडितहरुले आज पनि धर्ना जारी राखेका छन् । 

काठमाडौँ केन्द्रित आन्दोलनका लागि भण्डारखाल चौरमा बसिरहेका पीडितहरुले त्यहिँ धर्ना दिएका हुन् । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका युवा तथा सांस्कृतिक विभागका प्रमुख रमेश सेन्चुरीको नेतृत्वमा करिब डेढ दर्जनको संख्यामा रहेका पीडितहरुले सहमति कार्यान्वयन गर्न माग गर्दै नाराबाजी गरे । 

गत चैत २ गते सरकार र संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो । जसमा लघुवित्तलाई सेवामुखी संस्थाको रुपमा सञ्चालन गर्न आवश्यक नीतिगत एंव कानूनी व्यवस्थाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा कानूनको समेत अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्थाका लागि अर्थ मन्त्रालयमार्फत् नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने उल्लेख थियो । 

त्यस्तै, लघुवित्तमा देखिएका समस्या समाधानका लागि समयानुकूल सुधार र प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने र उक्त कानूनी तथा नीतिगत प्रावधान, राष्ट्र बैंकको निर्देशन पालना नगर्ने लघुवित्तलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउने सहमति भएको थियो । सहमतिसँगै लघुवित्त पीडितहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका थिए ।

तर, सहमति कार्यान्वयन नभएको जनाउँदै चैत दोस्रो सातादेखि पीडितहरु पुन: आन्दोलनमा फर्किएका हुन् ।

टिप्पणीहरू