ल्हासाको बैठकमा सीमा क्षेत्रका नेपालीको जीवनस्तरबारे छलफल

ल्हासाको बैठकमा सीमा क्षेत्रका नेपालीको जीवनस्तरबारे छलफल

चीनको तिब्बत स्वशासित क्षेत्रको राजधानी ल्हासामा सहायता परियोजना सम्बन्धी पहिलो बैठक बसेको छ । बैठकमा आगामी दुई वर्षका लागि प्राप्त हुने सहायताबारे छलफल भएको बताइएको छ ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवम् अनुगमनबारे विचारविमर्श भएको छ । हिजोको बैठकमा यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने र अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्ने सहमति भएको छ । 

दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएका छन् । नेपाली पक्षको नेतृत्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गरेका छन् ।

टिप्पणीहरू