हिमालयन सेक्युरिटिजको कारोबार सञ्चालनमा

हिमालयन सेक्युरिटिजको कारोबार सञ्चालनमा

हिमालयन बैंकको पूर्ण स्वामित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको व्यवसायिक कारोबार सञ्चालनमा आएको छ । 

धितोपत्र 'दलाल'को रुपमा ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज तथा सम्वद्ध सेवाहरु प्रदान गर्ने लक्ष्य राखेको सेक्युरिटिजको कुल चुक्ता पुँजी ६० करोड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट गत भाद्र ६ गते स्वीकृति प्राप्त गरेको सेक्युरिटिजले गत माघ ३ गते नेपाल स्टक एक्स्चेन्जको सदस्यता पाएको हो । 

कम्पनीले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न कारोबार सञ्चालनमा ल्याउनुका साथै अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको बताएको छ । जसअनुसार प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गरी निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरेर मार्जिन कारोबार तथा अन्य पुँजी बजारसम्बन्धी सेवाहरु प्रदान गरिने जनाइएको छ ।

वित्तीय क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका बौद्धिक व्यक्तित्वको सञ्चालक समितिबाट निर्देशित हिमालयन सेक्युरिटिजले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि प्राथमिक सेवा प्रदायक बन्ने लक्ष्य लिएको छ । कम्पनीले हाल सुन्धारामा रहेको कार्यालयबाट सेवा प्रदान गरिरहेको छ ।

टिप्पणीहरू