सिंहदरबारको द्वारमा ई–गेट पास प्रणाली, भोलि परीक्षण

सिंहदरबारको द्वारमा ई–गेट पास प्रणाली, भोलि परीक्षण
सुन्नुहोस्

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याउने भएको छ । गृह मन्त्रालयले सिंहदरबार प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

परीक्षणको रुपमा भोलिदेखि काम विशेषले गृहमा प्रवेश गर्नेका लागि सो प्रणाली सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । यसका लागि सम्बन्धित वेबसाइटबाट ई–गेट पासका लागि क्युआर कोडसहितको पासको निम्ति अनुरोध गर्नुपर्छ । 

सो अनुरोध मन्त्रालयबाट स्वीकृत भइसकेपछि मात्र पास जारी हुने व्यवस्था मिलाइएको छ । पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयको भनाइ छ । गृहमा परीक्षणपश्चात् सिंहदरबार भित्रका सबै मन्त्रालय/निकायका लागि ई–गेट पास प्रणाली प्रयोग गरिने बताइएको छ ।

टिप्पणीहरू