पैयूँमा राँगा र भैंसी पाल्नेलाई अनुदान

पैयूँमा राँगा र भैंसी पाल्नेलाई अनुदान

पर्वतको पैयूँ गाउँपालिकाले राँगा र भैंसी पाल्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराउन लागेको हो । 

प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालका अनुसार गत वैशाख १८ गतेको कार्यपालिकाको बैठकले ‘राँगो पालनामा अनुदान कार्यक्रम साझेदारी’ सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअन्तर्गत पालिकाभित्रका राँगा पालक कृषक, कृषि फार्म, समूह, समिति, सहकारीलगायतलाई प्रति राँगा २० हजार रुपैयाँ अनुदान दिइने जनाइएको छ ।  

यस्तै, कार्यपालिकाको बैठकले ‘भैंसी प्रवद्र्धन कार्यक्रम’ पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।  वडा नम्बर ६ मात्र लागू हुने यो कार्यक्रममा प्रति भैंसी ५० हजार रुपैयाँ अनुदान उपलब्ध हुने पालिकाले जनाएको छ । 

पालिकाका अनुसार १६ वटा भैंसीका लागि अनुदान दिइनेछ । कृषकले अधिकतम एक लाखसम्मको भैंसी खरिद गरेमा प्रति भैंसी मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध हुनेछ । 

तर, पालिकाले तोकेको अधिकतम मूल्यभन्दा कम रकममा खरिद गरेमा सोको ५० प्रतिशत वा बढी मूल्यमा खरिद गरेमा अधिकतम रकमको ५० प्रतिशत रकम अनुदान दिइनेछ । 

गाउँपालिकाले इच्छुक कृषक, कृषि फार्महरुलाई अनुदानका लागि निवेदन दिन पनि आह्वान गरेको छ । आगामी सात दिनभित्र आवश्यक कागजातसहित पालिकाको कार्यालयमा निवेदन पेश गर्न भनिएको छ ।

टिप्पणीहरू